उपभोक्ताको हक र LPG सिलिन्डर
“उपभोक्ताको हकको संरक्षणको अवधारणा विश्वमा बेलायतको औद्योगिक क्रान्तिबाट लोकप्रिय भएता पनि नेपालमा यो अवधारणालाई कागजका पानामा मात्र सीमित राखिएको देखिएको छ । उपभोक्ताको हकलाई बुझ्नु अघि वस्तु, उत्पादन, सेवा, उत्पादक, उपभोक्ता आदि जस्ता शब्दलाई बुझ्न आवश्यक हुन्छ । उपभोक्ताको संरक्षणका लागि UN ले १९८५ मा UN Guidelines for Consumer Protection, १९८५ जारी गरे सङ्गै विभिन्न देशहरूले उपभोक्ता अधिकारसम्बन्धी कानुनहरू बनाउँदै लगेका छन् । उपभोक्ताको हकसम्बन्धी विषयहरू स्वतन्त्र वातावरणमा छलफल हुन थाले पछि नेपालमा उपभोक्ता संरक्षण ऐन, २०५४ (१९९८) र उपभोक्ता संरक्षण नियमावली, २०५६ (१९९९) जारी भयो। उपभोक्ताको संरक्षणको अवधारणाका मुख्य ७ वटा अधिकारहरु- Right to Safety, Right to be Informed, Right to Choose, Right to be Heard, Right to Redress, Right to Consumer Education, Right to a Healthy Environment र यी अधिकारहरुको सम्मान गर्नु हरेक उत्पादकको दायित्व हो र उक्त अधिकारलाई सुनिश्चित गर्नु राज्यको दायित्व हो । यी अधिकारहरु र उपभोक्ता संरक्षण ऐन, २०७५ लाई मध्यनजर गर्दै LPG सिलिन्डरमा निरीक्षण मिति लगायतका अन्य विवरण लेबल गर्न आवश्यक छ । उपभोग गर्ने वस्तुहरुमा लेबल गर्नु पर्ने कुरा स्पष्ट लेबल नहुदा विधिको शासनको सिद्धान्तमा असर पर्ने कुरालाई यस लेखद्वारा स्पष्ट पार्न खोजिएको छ ।”
पृष्ठभूमि
सामान्यतया उपभोक्ता भन्नेले कुनै पनि वस्तु अथवा सेवा उपभोग गर्ने व्यक्ति भन्ने बुझिन्छ । Oxford English Dictionary का अनुसार उपभोक्ता भन्नाले, “a consumer is a person who buys goods or services and uses them for their own needs or pleasure, rather than for resale or business use.” ”उपभोक्ता” भन्नाले कुनै वस्तु वा सेवा उपभोग वा प्रयोग गर्ने व्यक्ति वा संस्था सम्झनु पर्छ ।1 उपभोक्ताको हकलाई बुझ्नु पुर्व सर्वप्रथम वस्तु र सेवाको अर्थ बुझ्न आवश्यक हुन्छ ।
वस्तु भन्नाले उपभोग गर्न मिल्ने अथवा प्रयोगमा ल्याउन मिल्ने कुनै पनि उत्पादन भन्ने बुझिन्छ । Oxford English Dictionary को अनुसार, a product is a thing that is manufactured or grown for sale, or something that is the result of a process. नेपालको उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम “वस्तु” भन्नाले उपभोक्ताले उपभोग वा प्रयोग गर्ने वस्तु वा वस्तुहरुको सम्मिश्रणबाट बनेको स्वास्थ्यलाई हानि, नोक्सानी वा कुनै किसिमको नकारात्मक प्रभाव (साइड इफेक्ट) नगर्ने पदार्थ सम्झनु पर्छ र सो शब्दले त्यस्तो वस्तुको निर्माणमा प्रयोग हुने कच्चा पदार्थ, रङ्ग, सुगन्ध वा रसायनलाई समेत बुझाउँछ ।2
"सेवा" भन्नाले एक पक्षले अर्को पक्षको लाभका लागि गरेको कुनै पनि कार्य वा प्रयासलाई व्यापक रूपमा जनाउँछ, जसमा निःशुल्क सेवा वा व्यक्तिगत सम्झौता अन्तर्गत गरिने सेवाहरू भने समावेश हुँदैनन्। यसले बैंकिङ, वित्त, बीमा, यातायात, मनोरञ्जन लगायतका धेरै क्रियाकलापहरू समेट्छ। मूलतः, यदि कुनै पक्षले कुनै कुराको लागि भुक्तानी गरिरहेको छ भने, उपभोक्ता कानुनअनुसार त्यो सेवा मानिन्छ। “सेवा” भन्नाले विद्युत्, खानेपानी, टेलिफोन, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा तथा परामर्श, यातायात, ढल निकास, बैंकिंग वा त्यसतै प्रकृतिका अन्य सेवा सम्झनु पर्छ र सो शब्दले कानूनी, चिकित्सा वा इन्जीनियरिङ्ग सेवालाई समेत जनाउँछ। 3
उत्पादक भन्नाले कुनै व्यक्ति, कम्पनी वा देश जसले बिक्रीका लागि वस्तु वा सामग्री उत्पादन वा आपूर्ति गर्छ बुझिन्छ। The Producer means any company or corporate entity, businessperson, or other legal or natural person that produces Goods and Raw Materials that are the subject matter of the Purchase Agreement.4
उत्पादन भन्नाले कच्चा पदार्थहरूबाट निर्माण गर्ने वा तयार पार्ने कार्य, वा त्यही प्रक्रिया अन्तर्गत निर्मित हुने प्रक्रिया हो। Production refers to the act or process of making or creating something, especially goods or materials, often in large quantities.5 “उत्पादन” भन्नाले वस्तु बनाउने, तयार गर्ने, प्रशोधन गर्ने, परिणत गर्ने, सम्मिसश्रण गर्ने, प्याकिङ्ग वा पुन: प्याकिङ्ग गर्ने, एसेम्बलिङ्ग गर्ने वा लेबल लगाउने प्रक्रिया वा त्यस सम्बन्धमा अपनाइने कुनै वा सबै प्रक्रिया सम्झनु पर्छ। 6
त्यसैले उपभोक्ता भन्नाले उत्पादकले उत्पादन गरेको वस्तु वा सेवा कुनै मुल्य दिई उपभोग गर्ने व्यक्तिलाई भनिन्छ। यस अर्थमा हामी सबै, जो वस्तु र सेवा किन्छाैं, उपभोक्ता हौं। उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपभोग गर्ने अधिकार हुन्छ। कुनै पनि उद्योगको विकास उपभोक्तामाथि निर्भर हुन्छ। जुन उद्योगले गुणस्तरीय वस्तु उत्पादन गर्छ र जुन उपभोक्ताले मन पराउँछन्, त्यो उद्योग सफल हुन्छ; तर जसले कमजोर गुणस्तरका वस्तु उत्पादन गर्छन् र जसलाई उपभोक्ताले विश्वास गर्दैनन्, ती उद्योगहरू बजारमा टिक्न सक्दैनन्। अर्कोतर्फ, कमजोर गुणस्तरका वस्तु तथा सेवाहरूले मानिसको मर्यादासँग बाँच्ने अधिकार र स्वास्थ्यसम्बन्धी अधिकारमा प्रतिकूल असर पार्छ। उपभोक्ताको अधिकार बालबालिका सम्बन्धी अधिकार, महिलासम्बन्धी अधिकार, खाद्यसम्बन्धी अधिकार आदिसँग पनि सम्बन्धित हुन्छ। त्यसैले, उपभोक्ता अधिकारको अभावले अन्य मौलिक अधिकारहरू पनि प्रभावित हुन्छन्। त्यसैले उपभोक्ताको हक हितको संरक्षणको दायित्व उत्पादकमा निहित हुन्छ। अहिलेको विश्वव्यापिकरणको युगमा उपभोक्ताको संरक्षण अवधारणा अत्यन्त आवश्यक अवधारणा हो। तसर्थ उपभोक्ताको संरक्षणलाई हर उत्पादक र आपुर्तिकर्ताले गम्भिर रुपमा लिन आवश्यक छ।
उपभोक्ता संरक्षणको अवधारणाको इतिहास र विकासक्रम
उपभोक्ताको संरक्षणको अवधारणा विश्वमा वस्तु विनिमय प्रणाली (barter system) हुदा देखिनै थियो । वेलायतको औद्योगिक क्रान्तिपछि यो अधिकार अझ बढी लोकप्रिय भयो। अर्थात् १८ औ सताब्दीबाट नै वेलायतमा उक्त अबधारणाको थालना भएको पाइन्छ। उपभोक्ताको हकका लागि आवाज उठाउने संस्थाहरूको दीर्घ प्रयासपछि, संयुक्त राष्ट्रसंघले सन् १९८५ मा "उपभोक्ता संरक्षणसम्बन्धी संयुक्त राष्ट्रसंघीय मार्गनिर्देशन" (UN Guidelines for Consumer Protection) जारी गर्यो। त्यसपछि विभिन्न देशहरूले उपभोक्ता अधिकारसम्बन्धी कानुनहरू बनाउँदै लगे ।7 आम उपभोक्ताको हकहित संरक्षणको कार्य सर्वप्रथम १५ मार्च १९६३ मा अमेरिकाबाट सुरु गरियो। यसैकारण हरेक वर्ष १५ मार्चमा नेपालमा पनि यस दिनलाई उपभोक्ता संरक्षण दिवसका रूपमा मनाउने गरिन्छ। 8
नेपालको सन्दर्भमा हेर्न पर्दा नेपाल अधिराज्यको संविधान, २०४७ (१९९०) मा उपभोक्ताको अधिकार समावेश गरिएको थिएन। तर त्यसपछि उपभोक्ताको हकसम्बन्धी विषयहरू स्वतन्त्र वातावरणमा विभिन्न मंचहरुमा छलफल हुन थाले। परिणामस्वरूप, उपभोक्ताको अधिकारको संरक्षणका लागि उपभोक्ता संरक्षण ऐन, २०५४ (१९९८)। 9
नेपालमा उपभोक्ता संरक्षण ऐन, २०५४ आउनुअघि पनि विभिन्न कानुन रहेका थिए। आवश्यक पदार्थ नियन्त्रण ऐन, २०१७, जसले नेपालको पहिलो उपभोक्तासम्बन्धी ऐन लागू गरायो। यस ऐनले दैनिक जीवनमा आवश्यक पर्ने वस्तुको निर्धारण, सञ्चय, कृत्रिम अभाव, मूल्य र वितरण प्रणाली ”bout” व्याख्या गरेको छ। यसैगरी, खाद्य ऐन, २०२३ ले खाद्यपदार्थलगायत औषधिको गुणस्तर निर्धारण र बिक्री वितरण सम्बन्धमा व्याख्या गरेको छ। अर्को स्ट्यान्डर्ड नापतौल ऐन, २०२५ ले भने नेपाल राष्ट्र बैंक, टक्सार विभागको मातहतमा राज्यभर नापतौल प्रणालीमा एकरूपता कायम गर्न यस महत्वपूर्ण भूमिका खेलेको थियो। यसैगरी, कालोबजार तथा सामाजिक अपराध तथा सजाय ऐन, २०३२ जसले कालोबजारी, नाफाखोरी, कृत्रिम अभाव, मिसावट तथा सामाजिक अपराधविरुद्ध कारबाहीको व्यवस्था गरेको थियो। यसैगरी, अर्को औषधि ऐन, २०३५ जसले औषधि निर्माण र वितरणमा नियमबद्ध भई गर्नुपर्ने व्यवस्थालाई जोड दिएको थियो। अर्को महत्वपूर्ण ऐन नेपाल गुणस्तर ऐन, २०३७, जसले नेपालमा उत्पादित वस्तुको परीक्षण गरी गुणस्तर चिह्न प्रदान गर्ने व्यवस्था गरेको थियो। 10
उपभोक्ता संरक्षण ऐन, २०५४ पछि उपभोक्ता संरक्षण नियमावली, २०५६ (१९९९) बनाईयो। सो ऐन र नियमावली अनुसार उपभोक्ता परिषद् र विभागहरू पनि गठन गरिए; तर उपभोक्ताको अधिकार कानुनमै सीमित रह्यो।
उपभोक्ताको अधिकारको आन्दोलन पर्याप्त हुन सकेन र उपभोक्ताहरू स्वयं सजग नहुनाले ती कानुनहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेनन्। उपभोक्ताको अधिकारलाई नेपाल अन्तरिम संविधान, २०६३ (२००७) मा पनि छुट्टै रूपमा मान्यता दिइएको थिएन। तर कालान्तरमा उपभोक्ता अधिकारको वकालत गर्ने व्यक्ति र संस्थाहरूले यस अधिकारलाई मौलिक हकको रूपमा घोषणा गर्न जोडदार आवाज उठाए। फल स्वरूप, संविधानसभाले यो अधिकारलाई छुट्टै स्थान दिँदै नेपालको संविधानमा यसलाई मौलिक हकको11 रूपमा मान्यता दिएको हो ।
त्यसपछि वि.सं. २०७५ मा उपभोक्ता संरक्षण ऐन, २०७५ ल्याइयो। जसले उपभोक्ताको हक अधिकारको संरक्षको व्यवस्था त गर्यो तर उक्त व्यवस्था कागजका पानामा मात्र सिमित रहेको पाइन्छ। जस्तै नेपालमै उत्पादन हुने वस्तुको हकमा वस्तुमा प्रयोग भएका कच्चा पदार्थको लेबल नहुनु र आपूर्ति गरिएका वस्तुहरुको हकमा म्याद सकिने मिति र उत्पादन मिति लेबल नहुनु। अहिले उक्त ऐन जारी भएको ६ वर्ष पछी २०८१ साल चैत्र ४ गते उपभोक्ता दिवसका दिन माघ २८ गतेको नेपाल राजपत्र अनुसार ललितपुर, भक्तपुर र काठमाडौँ क्षेत्रधिकार हुने गरि उपभोक्ता अदालत गठन गरियो। तर अझै सम्म ७४ जिल्लामा अदालत गठन गरिएको छैन। यति लामो समय बितिसक्दा पनि सो ऐनले व्यवस्था गरेको उपभोक्ताको हक र अधिकारलाई सुनिश्चित गर्न सकेको छैन।
LPG Cylinder
LPG Cylinder प्रयोग गर्ने वस्तु भएकाले12 LPG Cylinder उपभोक्ता संरक्षण ऐन,२०७५ बमोजिम यसलाई वस्तुको सुचिमा राखिन्छ । LPG Cylinder एक आपूर्ति गरिने वस्तु भएकाले यसमा उपभोक्ता संरक्षण ऐन,२०७५ को दफा ६ बमोजिम कुराहरुको लेबलिंग गर्न आवश्यक हुन्छ तर LPG Cylinder लाई हेर्द उक्त दफा बमोजिमका विवरणहरु लेबल गरिएको पाइदैन । LPG Cylinder मा बिक्रि मुल्य, उत्पादन मिति जस्ता विवरणहरुको लेबल गरिएको पाइदैन र अत्यन्त महत्त्वका कुरा निश्चित अवधिभित्र उपभोग गरिसक्नु पर्ने अवधि पनि सर्वसाधारणले बुझ्ने गरि लेबल गरिएको पाइदैन ।
LPG (Liquefied Petroleum Gas) is a color less fuel gas that is a flammable mixture of hydrocarbon gases, most commonly propane and butane.13 LPG (Liquefied Petroleum Gas) एक प्रकारको ग्यास भएकाले यो ग्यास उड्दछ । यदि ग्यासको सिलिंडर मजबुत भएन भने यो ग्यास उडेर (Leak) फैलन्छ साथै यो ग्यास आगो जस्तो वस्तुको सम्पर्कमा आयो भने निकै ठूलो संख्यामा जिउ ज्यान र सम्पतिको क्षति हुन सक्दछ । सामान्यतया LPG सिलिंडर (cylinder) को जीवनकाल निश्चित वर्षको हुदैन र पहिलो १० वर्ष पछि यसको अनिवार्य निरीक्षण hydrostatic test14 (Hydrostatic testing of a cylinder involves filling it with water, pressurizing it to a pressure higher than its intended working pressure, and observing for any leaks or permanent expansion. This test ensures the cylinder's integrity and safety before being used for storing or transporting pressurized gases or liquids) गर्नु पर्दछ र त्यसपछि हरेक ५ वर्ष पछि निरिक्षण गर्नु पर्दछ।15 त्यस्तो निरिक्षण मिति हरेक LPG सिलिंडर (cylinder) मा उल्लेख गरिएको हुन्छ तर सो उल्लेखित मिति सामान्य सर्वसाधारणले बुझ्ने किसिमको हुदैन किनकि त्यस्तो निरिक्षण मितिको लेबलिंग विशेष कोड alphanumeric code 16 को मध्यमबाट गरिएको हुन्छ । LPG gas cylinder अहिलेको समयमा नेपालका हरेक सहर र गाउमा खाना पकाउन र अरु कामका लागि पनि प्रयोग हुन्छ । त्यसैले त्यस्तो अस्पष्ट निरिक्षण मितिको प्रयोगले गर्दा उपभोक्ताहरु आफुले उपभोग गर्ने वस्तुको विवरणको सूचना पाउने अधिकारबाट बन्चित भएका छन् ।
नेपालमा हालको साक्षरता दर ७६.२% मात्र पाइन्छ र विकट क्षेत्रमा अझ थोरै साक्षरता दर रहेको छ ।17 जसले गर्दा जनतालाई वस्तुमा लेखिएको कुरा बुझ्न कठिन हुन्छ अझ LPG सिलिंडरमा alphanumeric code को प्रयोग हुन्छ जुन कुरा पढेलेखेका व्यक्तिहरुले समेत बुझ्न सक्ने अवस्था हुदैन त्यसमाथि पढ्न लेख्न नजान्ने व्यक्तिहरुले बुझ्ने कुरा नै भएन । यसै कुराको फाइदा उठाई अहिलेको समयमा बजारमा बिक्रेताले निरिक्षण मिति गुज्रिएका वा निरिक्षण नगरिएका सिलिन्डरहरुको बिक्रि वितरण गरि रहेको देखिन्छ18 र यसले गर्दा ११ जना गम्भीर घाइते भएको कमलपोखरीको घटना 19 र १ जनाको मृत्यु ५ जना घाइते भएका निजगडको घटना 20 जस्ता बिष्पोट अझै हुने सम्भावना छ । हालै अछामको बन्निगढ़ी जयगढ गाउपालिकास्थित जयगढ बजारमा मंगलवार रात भएको आगलागीमा २७ वटा घर जलेका छन् ।21 त्यसैले LPG cylinder मा लेबल गरिएको निक्षण मिति सम्पूर्ण नेपाली नागरिकले बुझ्न सक्ने अवस्था देखिदैन । यस कारण LPG cylinder मा निरीक्षण मिति (test due date) हरेक सर्वसाधारण तथा उपभोक्ताले बुझ्न सक्ने गरी स्पष्ट रुपमा उल्लेख गरी लेबल गर्न आवश्यक छ ।
नेपाल एक विधिको शासन भएको मुलुक हो अर्थात् कानूनमा लेखिए अनुसार शासन हुने मुलुक हो र विधिको शासन भएको मुलुकमा कोहि पनि कानून भन्दा माथि हुन सक्दैन । पारदर्शिता विधिको शासनको महत्वपूर्ण तत्व भएकाले यहा कसैले पनि कानून मिची कुनै कार्य गर्न पाउदैनन् । तसर्थ LPG cylinder मा मात्र नभई हरेक वस्तुमा उत्पादक अथवा आपूर्तिकर्ताले सर्वसाधारणले बुझ्ने गरि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ बमोजिम विवरण लेबलिंग गर्नु आवश्यक छ। यसरी वस्तुमा लेबलिंग गरिएन भने उपभोक्ताहरु भ्रममा पर्ने सम्भावना हुन्छ र उनीहरुको संविधानद्वारा प्रदत्त मौलिक हक सुचनाको हकको 22 उल्लङ्घन हुन जान्छ । उक्त उपभोग गर्ने वस्तुहरुमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६(३) बमोजिम सर्वसाधारणले बुझ्ने गरी नेपाली वा अंग्रेजी भाषामा लेख्नु पर्दछ । यसरी लेबल नलगाइएको वस्तु नेपालमा पैठारी र बिक्रि वितरण गर्नु गैरकानूनी कार्य हो । 23
निष्कर्ष
उपभोक्ता संरक्षणको अवधारणाका मुख्य ७ वटा अधिकारहरु छन्: Right to Safety, Right to be Informed, Right to Choose, Right to be Heard, Right to Redress, Right to Consumer Education, Right to a Healthy Environment यी अधिकारहरुको सम्मान गर्नु उत्पादकको दायित्व हो र उक्त अधिकारलाई सुनिश्चित गर्नु राज्यको दयित्व हो । यदि यी अधिकारहरुको संरक्षण हुन सकेन भने विधिको शासनको सिद्धान्तमाथि प्रश्न उठान हुन सक्छ । नेपाल एक विधिको शासन भएको मुलुक हो त्यसैले संविधान र कानूनमा व्यवस्था भएबमोजिमका कुराहरु कार्यान्वयन ल्याउनु पर्दछ । LPG cylinder जस्तो अधिकांश मानिसहरूले दैनिक रुपमा प्रयोग गर्ने वस्तु जसको आवधिक निरीक्षण नहुँदा जीउधनलाई नै क्षति पुग्ने दुर्घटना हुन सक्छ, त्यस्तो वस्तुको आधारभूत सुचना साधारण उपभोक्ताले सजिलै बुझ्ने भाषामा लेबलिंग हुन अत्यावश्यक छ । यो सुनिश्चित नहुँदा उत्पादकहरूले उपभोक्ताहरूको जीउधन माथि खेलवाड गरिरहन्छन र उपभोक्ताहरूको मौलिक अधिकारमाथि निरन्तर प्रहार भइ रहन्छ । तसर्थ LPG सिलिन्डर लगाएतका अन्य उपभोग र प्रयोग गर्ने वस्तुहरुमा सम्पूर्ण विवरण उल्लेख गरी उपभोक्ताहरुको वस्तुको विवरण पाउने हक सुनिश्चित गर्नु हरेक विधिको शासन भएको राज्यको दयित्व हो ।